२० माघ २०७९, शुक्रवार

लमजुङमा हतियार बुझाउन अटेरी

२०७९,कार्तिक,११,शुक्रवार १९:४३

54
Shares

लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङले मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी हतियार बुझाउन चेतावनी दिए पनि हतियारवालाहरूले अटेरी गरेका छन् । असोज १४ गते एक सार्वजनिक सूचना जारी गर्दै कात्तिक ५ गतेसम्म हतियार बुझाउन अल्टिमेटम दिए पनि हालसम्म ३७ वटा मात्रै हतियार बुझाएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।

लमजुङमा दर्तावाला मात्रै १ हजारभन्दा बढी हतियार छन् । तर, आफूसँग भएको हतियार प्रहरी प्रशासनमा बुझाउन हतियारधनीले तत्परता देखाएका छैनन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन आफूसँग भएको हातहतियार बुझाउन प्रशासनले आग्रह गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जगदिश मिश्रका अनुसार हालसम्म ३७ थान मात्रै हतियार हतियारधनीले बुझाएका छन् । स्थानीय तह निर्वाचनमा पनि प्रशासनले हतियार बुझाउन सूचना जारी गरेको थियो । तर, उक्त समयमा ३७ वटामात्रै हतियार बुझाएको मिश्रले बताए ।

जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र रहेका इजाजतप्राप्त हात हतियारहरू निर्वाचनपछि फिर्ता हुने गरी २०७९ कात्तिक ५ गतेभित्र जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाइमा बुझाउन हतियार धनीहरूलाई अनुरोध गरेको थियो । तोकिएको समयभित्र हातहतियार नबुझाएमा कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको थियो । तर, नागरिकले भने प्रशासनको सूचनालाई अटेरी गरी हतियार बुझाएका छैनन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी प्रकाश श्रीमलले प्रशासनको सूचनालाई आधार मानी छिटोभन्दा छिटो हतियार बुझाउनुको विकल्प नरहेको बताए । जिल्ला प्रशासन कार्यालयका अनुसार लमजुङमा १ हजार १ सय ९ वटा दर्तावाला हतियार (बन्दुक) छन् । यसमा हावादारी बन्दुक ६ वटा छन् । बाँकी १ हजार १ सय ३ मध्ये भरुवा ६ सय १९ र बृजलोडिङ ४ सय ८४ छन् । भरुवा बन्दुक १ सय ८५ वटा नवीकरण भएका छैनन् । बृजलोडिङ १ सय २१ वटा नवीकरण भएका छैनन् ।

प्रकाशित मिति: २०७९,कार्तिक,११,शुक्रवार १९:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । वैदेशिक रोजगारको प्रलोभनमा परी विदेशीन लागेका १२ नेपाली महिलाको उद्धार गरिएको छ । मानव बेचविखन अनुसन्धान ब्यूरोले मंसिर

वीरगञ्ज । नेपाल खानेपानी संस्थान वीरगञ्ज पर्साले लामो समयदेखि खानेपानीको महसुल नबुझाउने ग्राहकसँग कानुनी प्रक्रियाबाट बक्यौता असुली गर्ने भएको छ

काठमाडौं । नेपाल टेलिकमद्वारा आज आयोजित कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको १९ औँ वर्षिकोत्सवका

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निमार्णको काम शुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२