कुन विकास बैंकले कति कमाए खुद मुनाफा ? हेर्नुहोस् सूची

लोकपथ
65
Shares

काठमाडौं । सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरु मध्येमा हालसम्म १२ वटा विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने सम्बन्धी नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार विकास बैंकहरुले त्रैमास सकिएको पहिलो महिनाको दोस्रो सातासम्ममा सकिएको त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसक्नु पर्ने छ । सो अनुसार हालसम्ममा क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १२ वटा विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका हुन ।

अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका विकास बैंकहरु मध्येमा सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ भने क्षेत्रियस्तरका नारायणी डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकले खुद नोक्सानी बेहोरेका छन् । बढी नाफा कमाउने मुक्तिनाथले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० करोड ७४ लाख १५ हजार रुपैयाँ खुद मुनफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने मुक्तिनाथको यस्तो मुनाफा ३४ करोड ५५ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

बढी नाफा कमाउनेमा दोस्रो स्थानमा परेको शाईन रेसुंगा डेभलपमेन्ट बैंकले भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ९१ लाख ३६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा शाईन रेसुंगाको यस्तो नाफा १४ करोड ७३ लाख ६३ हजार रुपैयाँ रहेको थियो । गरिमा विकास बैंकले भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ करोड ३३ लाख ३२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा गरिमाको यस्तो नाफा १८ करोड ४४ लाख १६ हजार रुपैयाँ रहेको थियो ।

महालक्ष्मी विकास बैंकले भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ९३ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा महालक्ष्मीको यस्तो नाफा २३ करोड पाँच लाख ३४ हजार रुपैयाँ रहेको थियो । यसैगरी ज्योति विकास बैंकले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ९८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ज्योतिको यस्तो नाफा २१ करोड ७८ लाख ५५ हजार रुपैयाँ रहेको थियो । लुम्बिनी विकास बैंकले भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सात करोड १० लाख २९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा लुम्बिनीको यस्तो नाफा २१ करोड ३१ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।
साँग्रिला डेभलपमेन्ट र कामना सेवा विकास बैंकले भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा क्रमशः पाँच करोड ५३ लाख ४५ हजार र चार करोड १५ लाख ६१ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा यि बैंकहरुको यस्तो नाफा पाँच करोड ४४ लाख ३१ हजार र १७ रकोड ५७ लाख ४७ हजार रुपैयाँ रहेको थियो । यसैगरी मितेरी र सिन्धु विकास बैंकले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा क्रमशः तीन करोड ६६ लाख २२ हजार र २१ लाख ५८ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा भने मितेरीको नाफा तीन करोड ६२ लाख दुई हजार रुपैयाँ रहेको थियो भने सिन्धुको नाफा ६६ लाख ६९ हजार रुपैयाँले ऋणात्मक रहेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नारायणी डेभलपमेन्ट र ग्रीन डेभलपमेन्ट बैंकले भने क्रमशः एक करोड ६७ लाख एक हजार र एक करोड ७८ लाख ३६ हजार रुपैयाँले खुद नोक्सानी बेहोरेका छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा भने नारायणीले नौ लाख ११ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो भने ग्रीनले छ लाख १६ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । कर्पोरेट, सप्तकोशी, सहारा, एक्सेल र कर्णाली डेभलपमेन्ट बैंकले भने हालसम्म पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छैंनन् ।

कुन विकास बैंकको नाफा कति ? (रकम हजारमा)

               (श्रोत सम्वन्धीत बैंकको अपरिष्कृत वित्तीय विवरण)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?