‘निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राखौँ’

लोकपथ
49
Shares

काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचन मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रीत शून्य सहनशीलता राख्न आह्वान गरेको छ ।

निर्वाचनका लागि ‘सामाजिक सञ्जालको प्रयोग सम्बन्धी नीति, २०७७’ कार्यान्वयनमा ल्याएसँगै त्यसबारे भ्रम फैलिएको भन्दै आयोगले शून्य सहनशीलता अपनाउन आह्वान गरेको हो ।

सो नीतिबाट कतिपय व्यक्तिले व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रताको हकमा आयोगले कुनै हनन नगरेको समेत स्पष्ट पारेको छ ।

शुक्रबार आयोगले विज्ञप्ति जारी गर्दै आयोगले भनेको छ, ‘संविधानलले दिएको अभिव्यक्ति स्वतन्त्रताको हकको निर्वाचनका समयमा भरपूर उपभोग होस् भन्ने हेतुले आयोगले निर्वाचनको व्यवस्थापन र सञ्चालनका लागि ‘सामाजिक सञ्जालको प्रयोग सम्बन्धी नीति, २०७७’ कार्यान्वयनमा ल्याएको छ । आम मतदाता सुसूचित भई विवेकपूर्ण निर्णय मतदातामार्फत गर्न सक्षम हुन् भन्ने ध्येयले नै उक्त नीति ल्याइएको हो ।’

त्यसैगरी आगामी निर्वाचनका लागि कुनै पनि राजनीतिक दल र सरोकारवालाले आफ्ना उम्मेदवारलाई मत माग्नका लागि कुनै पनि रोकतोक नगरेको समेत आयोगले स्पष्ट पारेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?