कोरोना अपडेट : थप १४ जनामा संक्रमण पुष्टि

लोकपथ
26
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको कुल ९ सय २४ परिक्षणबाट नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १२ र एन्टिजेन विधिबाट २ जना गरि कुल १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि शून्य छ । त्यस्तै, सो अवधिमा कोरोना विरुद्धको खोप लगाउनेको संख्या मन्त्रालयमा उपलब्ध नभएको उल्लेख गरिएको छ ।

आज २९ जना संक्रमण मुक्तहुँदा देशभरमा अब सक्रिय संक्रमितको संख्या ६ सय ५ मा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?