महासमिति बैठकको तयारीमा जुट्यो कांग्रेस

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बैठक आयोजना गर्ने निर्णय गरेको नेपाली कांग्रेसले महासमिति बैठकको तयारी तीव्र बनाएको छ ।

बैठकका लागि  मञ्च तथा प्रचार प्रसार, भोजन, स्वयंसेवक र स्थानीय व्यवस्थापन सचिवालय उपसमिति बनाएको छ । मंगलबार बसेको बैठकले भक्तपुरका सचिव उद्धव सिलवालको नेतृत्वमा भोजन व्यवस्थापन उपसमिति बनाएको हो।

यस्तै, काठमाडौंका कोषाध्यक्ष गोविन्द पुडासैनीको संयोजकत्वमा मञ्च तथा प्रचार प्रसार व्यवस्थापन उपसमिति बनेको छ भने ललितपुरका सचिव भीमसेन घिमिरेको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन र भक्तपुरका सचिव निशान ढुंगेलको संयोजकत्वमा स्थानीय व्यवस्थापन सचिवालय उपसमिति बनेको जनाइएको छ । 

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आर्थिक व्यवस्थापन गर्न काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापतिलाई जिम्मा दिने निर्णय भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?