डाक्टरले भने -प्रधानमन्त्री ओली ‘ह्यान्डसम’ हुनुभाछ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार भएको उनका निजि डा. अरुण सायमी बताएका छन् ।

प्रधानमन्त्री ओलीको आज बिहानको रगत परीक्षण र छातिको एक्सरेको रिपोर्ट पनि सकारात्मक आएको छ ।

उनको छातिमा संक्रमण देखिएको र शरिरमा चिनीको मात्र असन्तुलित देखिएको थियो भने उनको स्वास्थय स्थिति सुधारोन्मुख रहेको बताइएको  छ ।  

यसैगरी स्वास्थ्यमा सुधार आइराख्यो भने एक दुई दिनमा डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ ।

डा. अरुण सायमी भने, उहाँल आज ब्रेकफास्ट पनि लिनु भएको छ । दाह्री काटेर बस्नु भएको छ । यसैगरी सुधार हुँदै गयो भने एक-दुई दिनमा डिस्चार्ज गर्छौं ।’

प्रधानमन्त्री ओलीको उपचारका लागि निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह, मुटु रोग विशेषज्ञ डा. अरुण सायमी, क्याबिनेट चिकित्सक तथा कलेजो विशेषज्ञ डा. दिलिप शर्मा र एनेस्थेसियाका डा. सुवास आचार्य छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?