काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाथ्यमा सुधार भएको छ ।
मंगलबार बिहान प्रस विज्ञप्ति जारी गर्दै शिक्षण अस्पतलाका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले उनको स्वास्थयमा सुधार भएको बताएका हुन् ।
आज बिहान गरिएको रगत परिक्षण तथा छाती एक्स रे आदीको रिपोर्टहरु सकरात्मक रहेको र स्वास्थय स्थिति सुधारोन्मुख रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्वस्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यबारे दिएको पहिलो रिपोर्टमा उनको छातिमा संक्रमण देखिएको र शरिरमा चिनीको मात्र असन्तुलित देखिएको थियो ।
प्रधानमन्त्री ओलीको उपचारका लागि निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह, मुटु रोग विशेषज्ञ डा. अरुण सायमी, क्याबिनेट चिकित्सक तथा कलेजो विशेषज्ञ डा. दिलिप शर्मा र एनेस्थेसियाका डा. सुवास आचार्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया