गोरखा नगरपालिका–५ का वडाध्यक्ष रानाको निधन

लोकपथ
143
Shares

गोरखा । गोरखा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । बिहीबार साँझ उनको निधन भएको हो । भाइटीकाको दिन घरमै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पताल पुर्याएइएको थियो ।

गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो । मृत्युको कारण भने अझै खुल्न सकेको छैन । उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । रानाको शव पोष्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?