ओरालो लाग्दै कोरोना २४ घण्टामा ४ जनामा संक्रमण पुष्टि

लोकपथ
26
Shares

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या घट्दै जान थालेको छ । विगत केही दिन यताको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कलाई हेर्ने हो भने दैनिक संक्रमणको संख्यामा कमी आएको हो ।

मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको तथ्याङ्कमा पनि संक्रमित हुनेको संख्या भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी छ । आज ४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २२ जना संक्रमण मुक्त भएका छन् ।

कुल ३ सय ५४ जनामा परिक्षण गर्दा पीसीआर विधिबाट ३ तथा एन्टिजेन विधिबाट १ जना गरि ४ जनामा संक्रमण पुष्टि भएको हो । सो अवधिमा कसैले पनि संक्रमणबाट ज्यान गुमाएका छैनन् भने कोभिड विरुद्धको खोप लगाउनेको संख्या मन्त्रालयमा प्राप्त नभएको बताइएको छ ।

अब देशमा ६ सय २२ जना कोरोनाका सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?