मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक घाइते

लोकपथ
52
Shares

उदयपुर । उदयपुर जिल्लाको दुईवटा स्थानमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गए राति नगरपालिका–१ स्थित श्रवनचोकमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सोही स्थान बस्ने ३७ वर्षीय धनबहादुर तामाङको मृत्यु भएको छ ।

बेलकाबाट सप्तरीतर्फ जाँदै गरेको प्रदेश१–०२–०४६प ४५३५ नम्बरको मोटरसाइएकलमा सवार तामाङ तीव्र गतिमा मोटरसाइकल चलाएका कारण अनियन्त्रित भई दुर्घटना हुँदा उपचारका लागि तत्काल सप्तरी कञ्चनपुरस्थित स्वास्थ्यचौकीमा लगेर उपचार गर्ने क्रममा गए राति नै तामाङको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

यता, मंगलबार साँझ नै जिल्लाको कटारी नगरपालिका–११ बेतिनी बजारबाट गहुँबारीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही स्थान बस्ने २४ वर्षीय यम्बरबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल पछाडि बस्ने २१ वर्षीया इन्दिरा कार्की घाइते भएको प्रहरीले जनाएको छ ।

लु८८प १८५६ नम्बरको अनटेस्ट मोटरसाइकल चलाएर बेतिनीबाट गहुँबारी जाँदै गरेका श्रेष्ठ मङ्गलबार राति ८ बजे गहुँबारीमा मोटरसाइकलमा दुर्घटनामा पर्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?