समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

लोकपथ
143
Shares

काठमाडौं । निर्वाचन आयोगले बुधबार समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको लागि राजनीतिक दलहरूले पेस गरेका बन्दसूचीको जाँचबुझ गरी बुधबार सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका,२०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका,२०७९ को दफा २८ बमोजिम कायम गरिएको उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ ।
प्रकाशित सूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि २१९९ उम्मेदवार कायम भएका छन् ।

यसैगरी प्रदेश सभा सदस्य निर्वाचनतर्फ प्रदेश नम्बर १ का लागि ६१६ जना, मधेश प्रदेशका लागि ८६३ जना, बागमती प्रदेशका लागि ७५४ जना, गण्डकी प्रदेशका लागि ३४४ जना, लुम्बिनी प्रदेशका लागि ५७९ जना, कर्णाली प्रदेशका लागि २०० जना र सुदूरपश्चिम प्रदेशका लागि ३५२ जना उम्मेदवार कायम भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?