रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

लोकपथ
49
Shares

रोल्पा । रोल्पाको सुलिचौरमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । लिवाङ–भालुवाङ सडक खण्ड अन्तर्गत सुनीलस्मृति गाउँपालिका–४ सेवाकेन्द्र भन्ने ठाउँबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जीप बुधबार दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप सडकबाट १०० मिटर तल खसेको जनाइएको छ ।

दुर्घटनामा दाङ घोराही उपमहानगरपालिका– ६ का ५८ वर्षका विष्णु रिजाल र ६० वर्षका नारायण रिजाल तथा रोल्पा नगरपालिका–३ कि ५० वर्षकी फाम्सी केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । दुर्घटनामा १० जना भन्दा धेरै यात्रु घाइते भएका छन् । घाइते भएकामध्ये ७ जनाको बाँकेको कोहलपुर मेडिकल कलेज थप उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?