तस्वीरमा हेनुहोस् जपानी राजकुमारी आयाकोको विवाह

एजेन्सी  । सोमबार जापानकी राजकुमारी आयाकोले केहई मोरियासँग टोकियो स्थित प्यागोडा मन्दिर संरचना मेजीमा एक पराम्परागत समारोह माझ विवाह भएको छ । आयाकोका बेहुला शाही परिवारका नभएको बताइएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विवाहमा आयाकोको र बेहुलाका परिवारका निम्तालु र अन्य कयैन शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । 

२८ वर्षे आयाको हालका सम्राट अकिहितोकी भतिजी हुन् र उनका ३२ वर्षे बेहुला मोरिया प्रमुख जहाजी कम्पनी निप्पोन युसेनमा कार्यरत छन् । 

जापानको शाही प्रचलन अनुसार शाही परिवारभित्र विहे गर्ने महिलालाई मात्र शाही परिवारको सदस्य मानिन्छ । तर सर्वसाधरणसँग विवाह गर्ने शाही महिलाको भने शाही हैसियत रहने गरेको छैन् ।

आयाकोका पिता राजकुमार ताकामादोको सन् २००२ मा मृत्यु भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?