काठमाडौं–१ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र

RSS
39
Shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ मा २१ राजनीतिक दलले भाग लिएका छन् । सो क्षेत्रमा २१ विभिन्न दलबाट ३८ र स्वतन्त्रबाट २४ गरी जम्मा ६२ जनाको उम्मेदवारी परेको काठमाडौं जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार क्षेत्र नं १ ‘क’ मा आठ राजनीतिक दल र सात स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै क्षेत्र नं १ ‘ख’ मा ९ राजनीतिक दल र स्वतन्त्रबाट छ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्यको एक पदका लागि काठमाडौं क्षेत्र नम्बर १ मा दलको तर्फबाट २१ र स्वतन्त्रबाट ११ गरी कूल ३२ जनाको उम्मेदवारी परेको अधिकारीले जानकारी दिए ।

कूल ५४ हजार १८ मतदाता रहेको उक्त क्षेत्रमा प्रदेशसभा ‘क’ मा २६ हजार चार सय ३५ र प्रदेशसभा ‘ख’ मा १८ हजार पाँच सय ८३ मतदाता छन् । तीमध्ये २३ हजार चार सय ४८ महिला र २१ हजार पाँच सय ७० पुरुष मतदाता रहेका छन् । सो क्षेत्रमा काठमाडौं महानगरपालिकाका चारवटा वडा समेटिएका छन् ।

यस निर्वाचन क्षेत्रमा काठमाडौं महानगरका १०, ११, २९ र ३१ वडा समेटिएका छन् । प्रदेशसभा ‘क’ तर्फ काठमाडौं महानगरका १०, ११ र २९ वडा तथा प्रदेशसभा ‘ख’ मा काठमाडौं महानगरको ३१ वडा समेटिएको छ । काठमाडौं क्षेत्र नम्बर १ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?