हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यता सफा रहेको छ।
यस्तै दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस्तै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
यस्तै राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । यस्तै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया