काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले संघीयताका विपक्षमा संसदमा संसोधन प्रस्ताव दर्ता गर्न लागेको बताएका छन् ।
नेपालमा संघीय प्रणाली अत्यन्तै खर्चिलो हुने र जनतालाई खर्चको भार मात्र बढाउन छलकपट पूर्ण तरिकाले संघीयता लागु गरिएकाले अहिले जनता स्वयमनै संघीयताको विपक्षमा रहेको जिकिर गर्दै केसीलेसंघीयताको विपक्षमा आफ्नो पार्टीले संसदमा संसोधन प्रस्ताव हाल्न लागेको बताएका छन् ।
सोमबार सम्वाद चौतारीले आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा बोल्दै केसीले आफू संघीयता विरोधी नभई नेपालमा संघीय प्रणालीको मात्रै विरोधी भएको बताए । कांग्रेस एमालेले समेत संघीयता नचाएको तर वाध्यतामा परेर संघियता स्विकारेको भन्दै उनले संघियता ठूला दलहरुको आफ्नो एजेण्डा नभई कसैले बोकाइदिएको एजेण्डा भएको समेत उनको भनाई छ ।
साथै उनले नेपालमा संघीय व्यवस्था असफल हुने बाटोमा गइरहेको भन्दै यसलाई जनताले नै असफल बनाइदिने दावि गर्दै उनले नेपालमा संघीयता भनेको “खर्चन पर्च, काँसी जानुपर्छ” भने जस्तै भएको र अहिले ठूला दलहरुलाई पनि संघियता “नखाउँ भने दिनभरीको सिकार खाउँ भने कान्छा वाउको अनुहार” भने जस्तै गलपासो भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया