राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र बेलायती सभामुखबीच भेटवार्ता

लोकपथ
65
Shares

काठमाडौं । हाल बेलायतको भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संयुक्त अधिराज्यका हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलबीच बेलायती संसद भवनमा भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषयहरुमा छलफल भएको छ ।

विशेषगरी दुई देशका संसदहरुबीच भ्रमण तथा अनुभवको आदानप्रदान, भुपू गोर्खासम्बन्धी विषयहरुमा विचारहरूको आदानप्रदान गरिएको नेपाली दूतावास लन्डनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बेलायतको संसदमा रहेको बेलायत–नेपाल मैत्री समूहका अध्यक्ष वीरेन्द्र शर्माले सोमबार आयोजना गरेको दिवाभोजमा अध्यक्ष तिमिल्सिना सहभागी भएका थिए ।

उक्त समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उप नियोग प्रमुख रोशन खनाललगायतको उपस्थिति रहेको थियो ।

एकसाताको भ्रमणमा बेलायत आएका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र समावेशी आयोगका सदस्य पुष्प तिमल्सिना प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको दसैँ तिहार शुभकामना साँझ उद्घाटनका लागि बेलायत आएका थिए । साताव्यापी भ्रमण पूरा गरु तिमिल्सिना आजै नेपाल फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?