भेरी नदीको किनारमा भोज खान गएका एकको मृत्यु, एक बेपत्ता

लोकपथ
208
Shares

सुर्खेत । भेरी नदीको किनारमा वनभोज खान गएका जाजरकोट भेरी नगरपालिका–४ का २० वर्षीय रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । भेरी नगरपालिका–३ का २६ वर्षीय विक्रान्त केसी भेरी नदीमा बेपत्ता भएका छन् ।

नदीमा डुबेका वीरेन्द्र शाहीलाई भने जीवितै उद्धार गरिएको छ । रोशन र बीरेन्द्र डुबेपछि साथीहरुलाई बचाउन गएका विक्रान्त बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भैरहेको प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताए । नदी पारी रहेको सवलाई निकाल्ने र बेपत्ताको खोजी काम भइरहेको निरौलाले बताए ।

तिहारको अवसरमा सदरमुकाम खलंगामा हालै भएको फुटबल प्रतियोगितामा खसी बाजी जितेका युवाहरुले मंगलबार भेरी नगरपालिका ११ मटेलास्थित भेरी नदी किनारामा पिकनिक (भोज) को आयोजना गरेका थिए । पिकनिक गएका युवाहरु नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?