काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दलहरुले बुझाएको समानुपातिक बन्दसूचीबाट ५५० जनाको नाम हटाएको छ ।
निर्वाचन आयोगले विभिन्न कारणले अयोग्य रहेका ५५० जनाको नाम समानुपातिकको बन्द सूचीबाट हटाउने निर्णय गरेको छ । मंगलबार आयोगले अयोग्यता भएकाहरूको नाम बन्द सूचीबाट हटाउने निर्णय गरेको हो ।
प्रतिनिधि सभातर्फ दलहरुले पेश गरेको बन्दसूचीमा समावेश भएका ६ हजार ४५७ जना उम्मेदवारहरुमध्ये निर्वाचन कानुन तथा निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने ३६९ जना, उम्मेदवारहरुका सम्बन्धमा परेको दाबी विरोध उपर जाँचबुझबाट गरी ५४८ जना र समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेका एक जना र कालोसूचीमा रहेका एक जना गरी कूल ५५० जनाको नाम सम्बन्धित दलले पेश गरेको बन्दसूचीबाट हटाउने निर्णय गरेको आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्द सूचीमा जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका लगायतका कारणबाट अयोग्य भएकाहरूको नाम हटाउने निर्णय गरिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया