लोकपथ टप फिप्टिन : हेर्नुहोस् दिनभर के–के भयो मुख्य १५ समाचार

लोकपथ
65
Shares

१. आज तिहारको दोस्रो दिन अर्थात कुकुर तिहार, बिहान कुकुरको पूजा गरि मनाइयो, बेलुका भने धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै ।

२. गठबन्धनका कारण कोही पनि राष्ट्र र राष्ट्रिय एकताको विरुद्धमा जान नसक्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, गठबन्धनलाई टिकाएर देश विकासको बाटोमा जानुपर्नेमा जोड ।

३. हरेक १५ वर्षपछि जनतामा नैराश्यता आउनुमा राजनीतिक नेतृत्व दोषी हुने गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, राजनीतिक दलहरुले जनताका एजेन्डालाई प्रमुख बनाउन नसक्दा सुशासन कायम हुन नसकेको स्वीकार ।

४. चुनावी प्रचारमा हेलिकोप्टरको प्रयोग गर्न नदिने निर्वाचन आयोगको निर्णय, पद, पैसा, पहुँच र प्रलोभनबाट निर्वाचन प्रभावित हुन नहुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइ ।

५. निर्वाचन आयोगले दिएको समयसीमा अगावै राजनीतिक दलहरुले थाले चुनावी अभियान, कांग्रेस सहितको गठबन्धनदेखि एमाले सहितको गठबन्धनले चियापानको नाममा निर्वाचन लक्षित कार्यक्रम आयोजना ।

६. पदाधिकारी र नेताहरुको व्यस्तताको कारण आज पनि नेपाली कांग्रेसले गर्न सकेन घोषणापत्र सार्वजनिक, पटकपटक मिति तोकिँदै स्थगित हुँदै, अब तिहारपछि मात्रै सार्वजनिक गरिने ।

७. लक्ष्मीपूजामा स्वदेशकै बिद्युत्ले देश झलमल, नेपालमा उत्पादन नै १८ सय मेगावाट आसपास हुने भएकाले माग व्यवस्थापनमा समस्या नहुने विद्युत प्राधिकरणको भनाइ, ७ सय प्राविधिक स्ट्याण्डबाइ ।

८. रातको समयमा सडकमा फोहोर फाल्नेहरुमाथि काठमाडौं महानगरले थाल्यो निगरानी, रातभर महानगरका विभिन्न स्थानमा महानगर प्रहरीको गस्ती, ३ महिनामा मात्रै उठ्यो ४ लाख जरिवाना ।

९. महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाइयो, देवकोटाको कृतित्व र व्यक्तित्वले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएकोबारे प्रशंसा ।

१०. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ९ सय २१ परीक्षणमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु हुँदा ४३ जना संक्रमण मुक्त, सक्रिय संक्रमितको संख्या ६९२ पुग्यो ।

११. वाणिज्य बैंकहरुले गरे चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक, कुल २६ वटा वाणिज्य बैंकहरुले तीन महिनामा कमाए १८ अर्ब ७५ करोड नाफा ।

१२. सोमाली सहर किस्मायुको एउटा होटलमा कार बम र गोलीबारीमा नौ जनाको मृत्यु, अलकायदासँग सम्बन्धित अल शबाब लडाकु समूहले आक्रमण गरेको आशंका ।

१३. अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तमा हालै गरेको सुरक्षा कारबाहीमा परी ३८ विद्रोही मारिए, अन्य ७८ जना पक्राउ ।

१४. अष्ट्रेलियामा जारी टी–२० विश्वकप अन्तर्गत सुपर १२ मा बंगलादेशले नेदरल्याण्डस्लाई ९ रनले हरायो, २४ रन खर्चेर ४ विकेट लिएका तस्किन अहमद बने प्लेयर अफ द म्याच ।

१५. नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उडानको दौरान निसिम थापाको निधन भएपछि रोकिएको प्याराग्लाइडिङको उडान आजबाट खुल्ला, नागरिक उड्डयन प्राधिकरणले राख्यो ५ शर्त ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?