बाँकेमा जसपा प्रवेश गर्नेहरू बढ्दै

लोकपथ
0
Shares

बाँके। चुनाव नजिकिँदै जाँदा बाँकेमा जनता समाजवादी पार्टी प्रवेश गर्नेको लहर बाक्लिएको छ। सोमवार बिहान नेपालगन्ज वडा नम्बर ९ का युवाहरू जसपा प्रवेश गरेका छन्।

विभिन्न पार्टी त्यागेर जसपामा प्रवेश गरेका उनीहरूलाई बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार तथा जसपा नेता मोहम्मद इश्तियाक राईले स्वागत गरेका थिए। पार्टीमा स्वागत गर्दै उम्मेदवार राईले जसपामा बढिरहेको आकर्षणसँगै पार्टीलाई निर्वाचनमा जिताउन भूमिका खेल्न आग्रह गरेका थिए।

‘चुनाव अब नजिकिइसकेको छ। अरूलाई गाली गलौज गर्नुभन्दा पनि पार्टी र उम्मेदवारहरूले गरेका विकासका कामहरूको प्रचार गर्नुहोस्’ मन्त्री राईले उनीहरूलाई भनेका छन् ‘अरूको विरोध होइन आफ्नो कामको प्रचार र अब पनि जनतासँगै रहनेछौं भन्ने विश्वास दिलाउनुपर्छ।’

आइतवार पनि विभिन्न पार्टी परित्याग गरी करिब १ सय ५० जना भन्दाबढी जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए। उनीहरूलाई उम्मेदवार राईले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?