नेपाल मलेसियाबीच उच्चस्तरीय बैठक राजधानीमा शुरु

काठमाडौं । नेपाल मलेसियाका उच्चस्तरीय बैठक राजधानीको ह्यात होटलमा शुरु भएको छ । 

सोमबार बिहान नेपाल मलेसियाबीच बहुप्रतिक्षित द्विपक्षीय श्रम समझदारी पत्र (एमओआई)मा हस्ताक्षर गर्नुअघि उच्चस्तरीय बैठक बसेको हो । 

ह्यात होटलमा आयोजित द्विपक्षीय उच्चस्तरीय बैठकपछि समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

बैठकमा श्रम,रोजगार तथा सामाजीक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेसियाका मन्त्री एम कुलासेगरनको नेतृत्वमा भइरहेको छ ।

मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरन ६ सदस्यीय उच्चस्तरी टोलीको नेतृत्व आइतबार राति ११ बजे काठमाडौं आइपुगेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?