गगन थापाको चुनावी गीत ‘हाइ हाइ गगन दाइ’ सार्वजनिक (भिडियोसहित)

लोकपथ
357
Shares

काठमाडौं । आसन्न मंसिर ४ को चुनावलाई लक्षित गरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत सार्वजनिक भएको छ । आइतबार ुहाइ हाइ गगन दाइु बोलको गीत सार्वजनिक भएको हो ।

उमेश राउतको शब्द र सङ्गीतमा तयार भएको गीतमा गगनलाई युवा र भविष्यको भरोसा र आशाको किरणको रूपमा चित्रण गरिएको छ ।

गीतको पहिलो भाग अर्थात् स्थायीमा गगनको राजनीतिक उदय र उनले गरेका संघर्षको चर्चा गरिएको छ ।

त्यसैगरी पहिलो अन्तरामा गगनले अहिलेसम्म गरेका महत्त्वपूर्ण कामहरू बाथरोग, मुटुरोग, मिर्गौला, कलेजोलगायतका रोगका लागि गरेका काम, स्वास्थ्य बीमाको बारेमा चर्चा गरिएको छ भने दोस्रो अन्तरामा उनको नेतृत्वमा प्रजातन्त्र राष्ट्रियता समाजवादको नारा र समुन्नत नेपालको सपना पूरा हुने भन्दै उनको प्रोजेक्ट गभर्नेन्टको यात्रामा सँगै हिँड्न आग्रह गरिएको छ ।

त्यसैगरी गीतमा देशलाई नयाँ जीवन दिनसक्ने पात्रको रूपमा चित्रण गर्दै यही चुनावी सत्रमा गगनलाई प्रधानमन्त्री बनाइनुपर्ने भाव व्यक्त गरिएको छ ।

माहोल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा उमेश राउत, लेखु सहयात्री, विशम आचार्य, सोनु निरौला र अनुमा चौधारीको आवाज छ । संगीत संयोजन विशम आचार्यले गरेका हुन् ।

विवेक रेग्मीले सम्पादन गरेको भिडियोमा गीतको शब्दअनुसारका फुटेजहरू राखिएका छन् । गीत ‘उमेश राउत’ युट्युब च्यानलमा हेर्न र सुन्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?