प्रधानमन्त्रीको स्वास्थ्यबारे पहिलो रिपोर्ट : छातिमा संक्रमण र शरिरमा चिनीको मात्र असन्तुलित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको छातिमा संक्रमण र शरिरमा चिनीको मात्र असन्तुलित देखिएको छ । 

उनको महाराजगञ्जस्थित शिक्षण अस्पतलाको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले जनाएको दिएका छन् । 

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान ४ः३० बजे अस्पताल पुर्याइएको श्रेष्ठले विज्ञप्ति जारी गर्दै जानकारी दिए । 

दशैँ सकिए लगत्तै सामान्य रुघाखोकी लागेपनि शुक्रबार साँझबाट प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बिग्रेसको उनको निजि डा. अरुण सयामीले जानकारी दिए । 

आइतबार साँझ शरिरमा चिनीको मात्रा बढी देखिएको भएपनि आज बिहानदेखि उनको स्वास्थ्यमा क्रमिक सधार भएको कार्यकारी निर्देशक श्रेष्ठले जारी गरेको विज्ञप्ति उल्लेख छ ।  

अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यबारे पहिलो रिपोर्ट दिएको छ, जसअनुसार उनको छातिमा संक्रमण देखिएको छ भने शरिरमा चिनीको मात्र असन्तुलित देखिएको छ ।

‘उहाँको स्वास्थ्य स्थितिमा क्रमिक सुधार देखिएको र अरु स्वास्थ्य स्थिति सामान्य रहेको अनुरोध गदर्छौं’ कार्यकारी निर्देशक श्रेष्ठले भनेका छन् ।

प्रधानमन्त्री ओलीको उपचारका लागि निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह, मुटु रोग विशेषज्ञ डा. अरुण सायमी, क्याबिनेट चिकित्सक तथा कलेजो विशेषज्ञ डा. दिलिप शर्मा र एनेस्थेसियाका डा. सुवास आचार्य छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?