काठमाडौं । मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनले आज पशुपतिमा पूजाआजा गरेका छन् ।
सोमबार बिहान ८ बजे पशुपति मन्दिर पुगेर संशाधनमन्त्री कुलासेगरनले पशुपतिमा पूजा गरेका हुन् ।
उनी आइतबार राति ११ बजे काठमाडौं आइपुगेका थिए ।
पशुपतिमा पूजाआजा गरेपछि मन्त्री कुलासेगरनले बागमती किनारमा शवदाह गरिएको दृश्य समेतको अवलोकन गरेका थिए ।
नेपालसँग श्रम सम्झौताका लागि नेपाल आएका कुलासेगरनले आजै दिउँसो पाटन दरबार र नारायणहिटी संग्रहालयको अवलोकन गर्ने समेत कार्यक्रम तय भएको छ ।
श्रम तथा रोजगार मन्त्रालयका अनुसार, दुई देशका उच्चस्तरीय प्रतिनिमण्डलले तयार गरेको श्रम सम्झौताको मस्यौदामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरानले सोमबार बिहान ११ बजे हस्ताक्षर गर्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया