काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधार नभएपछि अस्पतालमा भर्ना गरिएको छ ।
गत शुक्रबारदेखि सरकारी निवासमै आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई सोमबार बिहान पुनः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको हो।
प्रधानमन्त्री ओलीलाई अस्पतालमा भर्ना गरेलगत्तै पुष्प कमल दहाल प्रचण्ड अस्पताल पुगेका थिए ।
त्यसैगरि, गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराज मणि पोखरेल र नेकपा नेता झलनाथ खनाल पनि ओलीको स्वास्थ अबस्था बारे बुझ्न अस्पताल पुगेका छन् ।
प्रधानमन्त्री ओलीको अहिले शिक्षण अस्पतालको सिसियूमा राखेर उपचार भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
यसअघि आइतबार सचिवालयले ओलीलाई मौसमी रुघाखोकी र हल्का ज्वरो आएको जानकारी दिएको थियो ।
चिकित्सकको सल्लाहबमोजिम उनी नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आरामरत रहेको जानकारी पनि दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया