प्रधानमन्त्री ओलीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुष्प कमल दहाल प्रचण्ड अस्पताल पुगेका छन् । 

प्रधानमन्त्री ओलीको स्वास्थयमा थप समस्याभएपछि उनलाई आज सोमबार बिहान त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । 

तीन दिनयता बिरामी भएर बालुवाटारमै आरामरत रहेका ओली थप बिरामी परेका हुन् ।  सोमबार बिहान एकाएक स्वास्थ्यमा थप समस्या देखिएसँगै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि आइतबार सचिवालयले ओलीलाई मौसमी रुघाखोकी र हल्का ज्वरो आएको जानकारी दिएको थियो । 

चिकित्सकको सल्लाहबमोजिम उनी  नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आरामरत रहेको जानकारी पनि दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?