नेपाल सम्वत ११४३ प्रारम्भ, नेवारी समुदायले हर्षोल्लासका साथ मनाउँदै

लोकपथ
21
Shares

आज नेवारी समूदायको नयाँ वर्ष अर्थात नेपाल सम्बत हो । आजबाटै नेपाल सम्बत ११४३ सुरु भएको छ । काठमाडौं उपत्यका र बाहिर बसोवास गर्ने नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात ‘न्हूदँया भिन्तुना’ (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरि मनाउँदै छन् ।

साथै, जातिय एकता र पुख्र्यौली साझा मौलिक संस्कृतीका रुपमा विकास भएको म्हःपूजालाई आआफ्नो परम्परागत चलन अनुसार हर्षोल्लासपूर्ण रुपमा मनाउने चलन छ । विशेषत नेवार समूदायले मान्ने यो सम्वत् नेपालको मौलिक सम्वत् पनि हो ।

१२ वटा औंसीको एकवर्ष मापन गरिएको यस सम्वत्मा एउटा औंसीबाट अर्को औंसीसम्मको मापनलाई एक महिना मानिएको हुन्छ र यस सम्वतमा ३५४ दिनको एक वर्ष पर्नजान्छ ।

नेपाल सम्वत् अनुसारका महिनालाई क्रमशः कछला, थिंला, पोंहेला, सिल्ला, चिल्ला, च्वला, बँछला, तँछला, देल्ला, गुँला, ञला र कौला भनिन्छ ।

भक्तपुरका राजा राघव देवको पालादेखि चन्द्र शमशेरको पालासम्म सरकारी कार्यालयमा नेपाल सम्वतको प्रचलन रहेको इतिहास छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?