लमजुङका अतिसंवेदनशिल २२ मतदानस्थल, सुरक्षा कडा

लोकपथ
0
Shares

लमजुङ । लमजुङका अतिसंवेदनशिल २२ मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लामा ८३ मतदानस्थल संवेदनशील छन् । अतिसंवेदनशील र संवेदनशील क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिने जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए ।

मंसिर ४ मा हुने निर्वाचनका लागि जिल्लामा २३ मतदानस्थल मात्रै सामान्य देखिएका छन् । भौगोलिक दृष्टिकोणबाट सदरमुकामबाट टाढा, दुर्गम, विगतका घटनालगायतका सुरक्षा खतरा देखिएका ठाउँ अति संवेदनशीलमा परेका प्रजिअ वैद्यले बताए ।

संवेदनशीलमा थप १ जना र अतिसंवेदनशीलमा २ जना थप गरेर प्रहरी परिचालन गरिने डीएसपी प्रकाश श्रीमलले बताए । उनका अनुसारभित्र हतियारसहित प्रहरी बस्छन् । उनीहरूको ‘ब्याकअप’ मा म्यादी प्रहरी हुन्छन् । बाहिरी घेरामा सशस्त्र प्रहरी र मतदानस्थल देखिने ठाउँमा नेपाली सेना परिचालन हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?