नेपाली कांग्रेसको सङ्कल्प पत्र सार्वजनिक गर्न आयोजित कार्यक्रम स्थगित गरिएको छ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौड्यालले जारी गरेको विज्ञप्तिमा अर्को सूचना नहुञ्जेलसम्मका लागि संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगन गरिएको उल्लेख छ ।
‘नेपाली कांग्रेसको सङ्कल्प पत्र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कार्तिक ७ गते बिहान १०ः३० बजे सार्वजनिक गरिने भनिएकोमा उक्त कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगन गरिएको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ’, पौडेलले भनेका छन् ।
यस्तै सोही कार्यक्रम आइतबार पनि तय भएर स्थगित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया