नेपालमा ओमिक्रोनको नयाँ सवभेरियन्ट एक्सबीबी पुष्टि

लोकपथ
0
Shares

नेपालमा पहिलो पटक ओमिक्रोनको नयाँ सवभेरियन्ट एक्सबीबी पुष्टि भएको छ । देशका विभिन्न भागहरुबाट साउन २१ देखि असोज २४ सम्म कोभिड–१९ संक्रमित व्यक्तिहरुबाट संकलित नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमुनाको जिनोमिक पहिचान गर्दा एक्सबीबी पहिचान भएको हो ।

सो भेरियन्ट हाल विभिन्न देशहरुमा फैलिरहेको र कोभिड–१९ को संक्रमण बढेको देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले दीपावली तथा छठ जस्ता चाडपर्वको समयमा जनघट बढी हुने भएकाले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?