नेपाल समाजवादीको घोषणापत्र सार्वजनिक : ‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’ मूल नारा

लोकपथ
65
Shares

काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिबद्धतापत्र नाम दिइएको घोषणापत्रमा नेपाल समाजवादीले ‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’ लाई मूल नाराको रुपमा अघि सारेको छ ।

आइतबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा १२ वटा प्रतिबद्धता जनाइएको छ । जसमा नयाँ रोजगारी, स्थिर सरकार सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारीलाई समेटिएको छ । यसैगरी भ्रष्टाचारलाई जरैबाट समाप्त गर्न पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई पनि नेपाल समाजवादीले आफ्नो एजेण्डा प्रस्तुत गरेको छ ।

सस्तो र भरपर्दोे स्वास्थ्य सेवा, सरकारी विद्यालयबाटै प्रविधि र व्यावहारिक सीपयुक्त शिक्षा उपलब्ध गराउने उल्लेखख गरिएको घोषणापत्रमा हरियो, सफा र खुल्ला सहर बनाउने एजेण्डा सो पार्टीले समेटेको छ ।

सबैको राम्रो स्वास्थ्य, जनता केन्द्रित आर्थिक विकास, सबैलाई विश्वस्तरीय शिक्षा, व्यक्तिगत स्वतन्त्रता, भ्रष्टाचाररहित सरकार, चुस्त सेवा दिने सरकार, सामाजिक न्याय/समानता र वातावरणमैत्री जीवनशैलीलाई मुख्य बुँदा समेटेर घोषणापत्र सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?