कोरोना अपडेट : थप ४१ जना संक्रमण पुष्टि

लोकपथ
65
Shares

काठमाडौं । नेपालमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको १ हजार २ सय ५० नमुना परिक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा आरटी पिसिआर विधिबाट ३९ र एन्टिजेन विधिबाट २ जना गरि ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टाको अवधिमा कसैले पनि संक्रमणबाट ज्यान गुमाएका छैनन् । त्यस्तै, ८ हजार ४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । आज कोरोना संक्रमण मुक्त हुनेको संख्या ५९ रहेको मन्त्रालयको भनाइ छ । हाल देशभरमा ६ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?