काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले मंसिर ४ मा दोलखाली जनताले नयाँ इतिहास रच्ने बताएका छन् ।
दोलखा प्रदेश सभा ‘क’को गठबन्धन तर्फबाट साझा उम्मेदवार समेत रहेका काफ्लेले ३०औँ वर्षसम्म जनतालाई झुक्याएर एमालेले राज गरेको दोलखामा मंसिर ४ पछि कांग्रेसको विजयसंगै दोलखा कांग्रेसमय हुने दाबी ।
शनिबार राजधानीमा आयोजित लोकतान्त्रिक–वाम गठबन्धनको कार्यक्रमलाई सम्बोधनका क्रममा काफ्लेले भने, ‘एमालेले वर्षौँ देखि दोलखाका नदिनाला दोहन देखि जडिबुटि तस्कर सम्मको हिसाव किताब जनताले खोज्ने बेला आएको छ । सोझासाझा जनतालाई सधैं झुक्याउने एमालेलाई आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट एमालेलाई जनताले तिरस्कृत गर्नेमा कुनै शंका छैन’ ।
ऐतिहासिक जिरि बजारलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न नसकेको भन्दै काफ्लेले विकासमा दोलखा धेरैपछि पर्नुमा एमाले प्रमुख कारक रहेको दाबी गरे ।
प्रदेश ‘ख’ का उम्मेदवार बर्मा लामाले विकास कुन पार्टीले गर्न सक्छ भन्ने कुरा चरिकोट देखि जिरिसम्मको सडक हेरे पुग्ने बताए । कांग्रेस जिल्ला सभापति समेत रहेका लामाले चरिकोट जिरि सडकखण्ड कांग्रेस नेता जिपछिरिङ लामाको नेतृत्वमा सम्पन्न भएको भन्दै उनले एमाले नेताहरुको नेतृत्वमा बनेका सडक सञ्जालहरुको विजोग हेर्न सुझाए ।
प्रमुख पर्यटकिय गन्तव्य शैलुलाई पर्यटनको आकर्षणको केन्द्रबिन्दुको रुपमा विकास गर्न अव कांग्रेसको विकल्प नभएको उनको भनाई थियो । आदिवासी जनजातिहरुको बाहुल्य रहेको क्षेत्रमा थामी समुदाय, ऐतिहासिक दोलखा बजार र कालिञ्चोक भगवतीलाई एमालेले कमाउ धन्दाको रुपमा प्रयोग गरेको लामाले दाबी गरे ।
अब पनि दोलखामा एमालेलाई जनताले चिन्न नसके विकासमा दोलखा झनै पछि पर्दै जाने बताए । गठबन्धन सहित पार्टीका उम्मेदवार विजयको लागि सवै एकजुट भएर लाग्न समेत लामाले कार्यकर्तालाई निर्देशन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया