सीमामा हुने आपराधिक क्रियाकलाप रोक्न लमजुङ-मनाङ प्रशासनको ऐक्यबद्धता

लोकपथ
35
Shares
{“caption”:”u0932u092eu091cu0941u0919u2013u092eu0928u093eu0919 u0938u0941u0930u0915u094du0937u093e u0938u092eu093fu0924u093fu0915u094b u0938u0902u092fu0941u0915u094du0924 u092cu0948u0920u0915u092au091bu093f u092au094du0930u092eu0941u0916 u091cu093fu0932u094du0932u093e u0905u0927u093fu0915u093eu0930u0940u0932u0917u093eu092fu0924 u0938u0941u0930u0915u094du0937u093e u0905u0927u093fu0915u093eu0930u0940u0939u0930u0941 u0964 u0924u0938u094du092cu093fu0930 : u0915u093eu0928u094du0924u093fu092au0941u0930″,”photographer”:””,”alt_text”:””}

लमजुङ । लमजुङ र मनाङ प्रशासनबीच अन्तरजिल्ला सुरक्षा समितिको संयुक्त बैठकले सीमा क्षेत्र भएर हुने आपराधिक क्रियाकलाप रोक्ने निर्णय गरेको छ ।

बेँसीसहरमा शनिबार बसेको बैठकले मनाङ र लमजुङको उत्तरी क्षेत्रबाट हुने अवैध जडिबुटी चोरीपैठारी रोक्ने, तिब्बत सीमा क्षेत्रबाट मनाङ हुँदै सुन तस्करी रोक्ने, बेँसीसहर-चामे सडकलाई सहज बनाउनेलगायत निर्णय गरेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

४ मंसिरमा हुने प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्त वातावरणमा सम्पन्न गराउन दुवै जिल्लाका सुरक्षा निकायले आ-आफ्नोतर्फबाट भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ । पर्यटकीय मौसममा विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्गमा विदेशी तथा स्वेदशी पर्यटकको आगमन बढ्दै गएकाले उनीहरूको सुरक्षार्थ प्रहरी परिचालन गरिने भएको छ ।

लमजुङ-मनाङ क्षेत्रमा चुनावका समयमा बढी मात्रामा आपराधिक क्रियाकलाप हुनसक्ने आंकलन गर्दै यसतर्फ दुवै जिल्लाका सुरक्षा निकाय तयारी अवस्थामा रहने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?