सैनिक विभागलाई आफ्नो सामथ्य बढाउन राष्ट्रपति सी जिनपिङको निर्देशन

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले साउथ चाइना सी र ताइवानको निगरानी गर्न जिम्मेवार रहेको सैनिक विभागलाई आफूले सामना गर्नुपर्ने अवस्थालाई मूल्यांकन गरेर आफ्नो सामथ्य बढाउन निर्देशन दिएका छन् । 

यसो गरे मात्र आकस्मिक रुपमा आइपर्ने जुनसुकै सम्भावनाको समाना गर्न सकिने सीले बताए । 

चिनियाँ सेनाको द साउर्दन थिएटर्स कमाण्डले पछिल्लो केही वर्ष ‘अत्यन्त भारी सैन्य जिम्मेबारी’ बहन गरिरहनु परेको छ । 

बिहीवार भएको भ्रमणका क्रममा सीले भनेको कुरालाई चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले प्रसारण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?