सन्दीपलाई थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

लोकपथ
221
Shares

काठमाडौं । नाबालिगमाथि बलात्कार आरोपमा निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न आइतबार अदालतसँग अनुमति मागेको थियो ।

यससँगै अदालतले उनलाई दुई दिन हिरासतमा राख्न अनुमति दिएका हो । जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार प्रहरीले अनुसन्धान सकाएपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष पेस गर्नेछ । त्यसपछि थुनछेकको बहसको काम सुरू हुनेछ ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा १७ वर्षीय नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?