काठमाडौं। ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले आगामी निर्वाचनमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेललाई साथ दिने घोषणा गरेका छन् ।
काठमाडौंको महाराजगञ्जमा आज आयोजित कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु हरि खड्का, राकेश श्रेष्ठ, दीपक तामाङ, कमल तामाङ, सञ्जु महर्जन, अमर लामासहित सय जना भन्दाबढी खेलाडीहरुले काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेल, प्रदेश सभा ५ (१) का दीपक निरौला र ५ (२) का नारायण सिलवाललाई साथ दिने घोषणा गरेका हुन्। खेलाडीहरुसँग ईश्वर पोखरेल नामक कार्यक्रममा खेलाडीहरुले एमालेको पालामा खेल क्षेत्रमा उल्लेख्य काम भएको भन्दै साथ दिने बताएका थिए ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेसँधै खेलाडीहरुको साथमा रहेको बताए । एमालेको पालामा एउटा पालिका, एउटा खेलकुद ग्रामको सुरुवात गरेको बताउँदै उनले काठमाडौं क्षेत्र नम्बर ५ को टोखा र बुढानिलण्ठका कभर्ड हल निर्माण गरिएको जानकारी दिए । भूकम्पपछि क्षतिग्रस्त दशरथ रंगशालाको पुनर्निर्माणदेखि देशभरका खेलाडीको बिमा कार्यक्रम र दक्षिण एशियन खेलकुद प्रतियोगिता तथा ओलम्पिकका विजेता खेलाडीलाई मासिक भत्ताको व्यवस्था एमाले सरकारले गरेको उनले स्मरण गराए ।
एमालेको चुनावी अभियानमा साथ दिँदै नेपाली माइकल ज्याक्सनका नाममा चर्चित कलाकार रेमण्ड सापकोटाले पनि प्रस्तुति दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया