स्वास्थ्यमा सुधार नभएसम्म प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा सहभागि नहुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे सचिवालयले औपचारिक जानकारी गराएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले आइतबार एक प्रेस नोटमार्फत ओली बालुवाटरास्थित निवासमा आराममा रहेको जानकारी गराएका हुन् । 

ओलीलाई मौसमी रुघाखोकी र हल्का ज्वरो आएको बताउँदै अर्यालले चिकित्सकको सल्लाहबमोजिम उनी दुई दिनदेखि नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आरामरत रहेको जानकारी दिए । 

हाल ज्वरो नियन्त्रणमा आई स्वास्थ्य अवस्थामा क्रमिक सुधार रहेको जानकारी दिँदै काफ्लेले शुक्रबार स्थगित भएको क्याबिनेटको बैठक आइतबार प्रधानमन्त्री निवासमै बस्न लागेको पनि जानकारी दिएका छन् । 

स्वास्थ्यमा पूर्ण सुधार नभएसम्म ओली सार्वजनिक कार्यक्रमहरुमा सहभागि नहुने पनि अर्यालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?