निर्वाचन पछि पनि गठबन्धन कायमै रहन्छ : शेखर कोइराला

लोकपथ
224
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी निर्वाचन पछि पनि गठबन्धन कायमै रहने बताएका छन् ।

विराटनगरमा आज आयोजित गठबन्धन दलको संयुक्त भेलालाई सम्बोधन गर्दै कोइरालाले गठबन्धन बिना सरकार बन्न नसक्ने भएकोले निर्वाचन पछि पनि गठबन्धन कायमै रहने बताएका हुन् ।

उनले रेलको लिकबाट बाहिर गएको संविधानलाई ठिक ट्र्याकमा ल्याउन गठबन्धन गरिएको र चुनावपछि पनि गठबन्धन कायम रहने जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?