मलेसियाका मानव संशाधनमन्त्री नेपाल आउँदै, श्रम सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं । नेपाल मेलेसियाबीचको श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान नेपाल आउँदै छन् । 

आइतबार मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान नेपाल आउँदै हन् । 

सोमबार आयोजना हुने विशेष समारोहबीच श्रम सम्झौतामा हस्ताक्षर हुने छ । 

दुई देशका उच्चस्तरीय प्रतिनिमण्डलले तयार गरेको श्रम सम्झौताको मस्यौदामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरानले हस्ताक्षर गर्ने छन् । 

गत महिना श्रम सम्झौता मस्यौदालाई अन्तिम रुप दिन नेपाली प्रतिनिधिमण्डल मलेसिया गएका थिए । 

असोज १२ गते मलेसियाको पुत्राजयमा नेपाली पक्ष र मलेसियाली पक्षबीच सम्झौताको एमओयुमा सहमति जुटेको थियो ।

रोजगारदाता मुलुकलाई कामदारप्रति जवाफदेही बनाउँदै नेपाली कामदारले अधिकतम् लाभ प्राप्त गर्ने गरी सम्झौतामा हस्ताक्षर हुन लागेको श्रममन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिए । सम्झौतामा वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाता मुलुकले नै व्यहोर्ने उल्लेख छ । साथै मलेसिया जाने नेपाली कामदारले छनोट प्रक्रियामा शूल्क तिर्नुपर्ने छैन । त्यस्तै नेपाली कामदारको सामाजिक सुरक्षाका विविध पाटो पनि सम्झौताले सम्बोधन गरेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?