ह्याम्स अस्पतालको आईभीएफ केन्द्रको उद्घाटन

लोकपथ
39
Shares

काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स)अस्पतालले कृतिम गर्भधारण सेवा सुरु भएको छ । अत्याधुनिक उपचार पद्धति भित्र्याएर स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको सेवा दिदैँ आएको सो अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सञ्चालन स्वीकृति प्राप्त सेवा सुरुवात गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले आईभीएफ केन्द्रको उद्घाटन गरेका हुन् ।

आईभीएफ केन्द्रको सेवा पश्चात निःसन्तान दम्पतिहरुले सन्तान प्राप्त गरी सुखी दाम्पत्य जीवन व्यतित गर्न ठूलो सघाउ पुग्ने विश्वास अस्पतालले लिएको छ । सेवाका लागि चाहिने अत्याधुनिक उपकरण तथा पूर्वाधार अस्पतालमा रहेको जनाइएको छ । यो विभागमा चर्चित प्रजनन् विशेषज्ञ डा.भोला रिजाल तथा प्राध्यापक डाक्टर पदमराज पन्त रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?