काठमाडौं । नेपाल वायुसेवा निगम र जिएसए (जनरल सेल्स एजेन्ट) को संयुक्त आयोजनामा यही असोज २६ र ३१ गते मित्रराष्ट्र भारतको मुम्बई र बैङ्लोरमा हवाई सेवा तथा पर्यटन सम्बद्ध प्रतिनिधिहरुस“ग विक्रेता भेट एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दे निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमले स्थापनाकालदेखि नै भारतका विभिन्न गन्तव्यहरुमा उडान गर्दै आएकोमा हाल मुुम्बई, दिल्ली र बैङ्लोरमा नियमित रुपमा भरपर्दो, सुलभ र गुणस्तरीय हवाई सेवा प्रदान गर्दै आएको बताए ।
त्यस्तै, उनले कोरोना महामारीको कारण विश्वव्यापी रुपमा हवाई सेवामा आएको संकुुचनबाट निगम पनि मुक्त नभएको सन्दर्भमा हाल यसमा भएको सुधारस“गै निगमको उडानमा पनि क्रमशः विस्तार हुँदै गएको र आगामी दिनमा चीनको ग्वान्जाउ, भारतको अहमदावाद र सिंगापुर हुँदै अष्ट्रेलिया जाने बताए ।
नेपालमा पर्यटन क्षेत्रको विकास तथा प्रवद्र्धन गर्नको लागि नेपाल सरकारले सन् २०२३ देखि २०३३ को अवधिलाई पर्यटन दशकको रुपमा घोषणा गरेको, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसमेत सञ्चालन हुने चरणमा रहेकोबाट नेपालमा हवाई सेवा र पर्यटन प्रवद्र्धन हुने अवस्थामा भएको हुँदा यसमा निगमको अग्रणी भूमिका रहने भएकोले निगमको सेवालाई समयसापेक्ष थप प्रभावकारी बनाउ“दै लैजानेसमेत बताए ।
त्यस्तै, नेपाल र भारतबीच भौगोलिक निकटता मात्र नभएर जनस्तरमासमेत सामाजिक–सांस्कृतिक सम्बन्ध भएको हुनाले विश्व सम्पदामा सूचीकृत विभिन्न धार्मिक तथा प्राकृतिक सम्पदा र नेपालको प्रमुख कला संस्कृति पर्यटकीय आकर्षणको क्षेत्र भएको उनले बताए ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै निगमको संस्थागत विभागकी निर्देशकले नेपालमा प्रचूर पर्यटकीय सम्भावना भएको अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय गन्तव्यहरु रहेको हुनाले उदीयमान अर्थतन्त्रको रुपमा विकास हुँदै गरेको मित्रराष्ट्र भारतका विभिन्न सहरहरुलाई नेपालको पर्यटकीय गन्तव्यहरुस“ग नेपाल वायुसेवा निगमले सहज रुपमा जोड्दै आएको बताए । त्यस्तै, उक्त कार्यक्रममा निगमले प्रदान गर्दै आएको विभिन्न सेवा तथा सुविधाको बारेमा निगमको वाणिज्य विभागकोे उपनिर्देशकले प्रस्तुतीकरण गरेका थिए ।
निगमको व्यापार तथा बिक्री प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त अन्तरक्रियात्मक कार्यक्रममा निगमको अर्थ विभागकी निर्देशक तथा निगमका कानूनी सल्लाहकार वरिष्ठ वकिल तथा पूर्व महान्यायाधिवक्ता सुशिल पन्त साथै सुपरिचत संगीतकार रणजीत गजमेर सहितको सहभागितामा सम्बद्ध क्षेत्रका नेपाली प्रतिनिधिहरु, १२० भन्दा बढी ट्राभल एजेण्ट, कार्गो एजेण्ट र जिएसएबिच बिक्री रणनीति स“ग सम्बन्धित विभिन्न विषयहरुमा छलफल तथा विमर्श भएको थियो ।
नेपाली समुदायका तर्फबाट भरत रावल, विष्णु रावल, देवेन्द्र विक्रम साहको उपस्थिति थियो । सो अवसरमा निगमका कार्यकारी अध्यक्षज्यूलाई नेपाली समुदायका तर्फबाट सम्मान गरिएको थियो । निगमले व्यवसायिक प्रवद्र्धन गर्ने उद्देश्यले समय समयमा यस किसिमको अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया