गठबन्धनलाई सफल बनाउनुको विकल्प छैन् : गृहमन्त्री खाँण

लोकपथ
39
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सफल बनाउनुको विकल्प नरहेको दाबी गरेका छन् ।

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री खाँणले मुलुकको राष्ट्रिय आवश्यक्तालाई ध्यान राखेर पनि आम मतदाताले सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा सफल बनाउनुपर्ने बताए । शुक्रवार वुटवलमा आयोजित सत्तारुढ गठबन्धनको कार्यकर्ता प्रशिक्षण भेलामा बोल्दै रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार गृहमन्त्री खाँणले आगामी निर्वाचनमा पनि आफूहरुको पक्षमा मतदान गर्न लुम्विनी प्रदेशका मतदातालाई आह्वान गरे ।

लुम्विनी प्रदेशका जनताको चाहना, विकास, शान्ति र समृद्धि भएको उल्लेख गर्दे उनले निर्वाचनमा सत्तारुढ दलहरु विजयी भए जनताको सो चाहना पूरा हुने आश्वासनसमेत खाँणले दिएका छन् । उनले लोकतान्त्रिक–बाम गठबन्धनबाट मुलुकमा ठूल्ठूला राजनीतिक परिवर्तन भएको स्मरण गराउँदै जनताको समृद्धिको चाहनालाई पूरा गर्न पनि सो गठबन्धन सफल हुने पटकपटक दोहोर्‍याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?