कर्णाली प्रदेशसभा बैठक आज बस्दै

काठमाडौं । कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि बैठक स्थगित भएको थियो । 

चालू आवको वार्षिक कार्यक्रम (रातो किताब) उपलब्ध नगराएको भन्दै कांग्रेसले असोज २३ र २६ गतेको बैठक अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

शनिबार प्रदेशसभा सचिवालयमा बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सरकार र कांग्रेसबीच सहमति भएको कर्णाली प्रदेशसभा सचिवालयले जनाएको छ । 

 बैठक आज (आइतबार) दिउँसो १ बजेका लागि तय गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?