धनराज गुरुङ सवार गाडी दुर्घटना

लोकपथ
441
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं स्याङ्जा १ बाट कांग्रेसका उम्मेदवार धनराज गुरुङ सवार गाडी दुर्घटनामा परेको छ ।

शुक्रबार निर्वाचन प्रचारप्रसारको क्रममा स्याङ्जाको कालिगण्डकी गाउँपालिका ६ इम्सिलबाट फर्कने क्रममा उनी सवार गाडी दुर्घटना भएको हो ।

आफू सवार बा १६ च ५४४९ नम्बरको गाडी दुर्घटना भएको तर आफूहरु सबै सुरक्षित रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सामन्य दुर्घटना ! कालिगण्डकी-६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामन्य दुर्घटना ! हामी सबै सुरक्षित छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?