भक्तपुरका किसानलाई धान स्याहार्ने चटारो (फोटोफिचर)

लोकपथ
52
Shares

काठमाडौं । भक्तपुरको भेलुखेलमा तिहारअगाडि नै भकारीमा धान भित्र्याउन भ्याइनभ्याइ भएको छ । लक्ष्मीपूजामा नयाँ धान चढाउनका लागि पनि भक्तपुरका किसानहरु यतिबेला धान
भित्र्याउन लागि परेका हुन् । उनीहरुको दैनिकी यतिबेला धानकै ओल्टाइपल्टाइमा बित्ने गरेको छ ।

भक्तपुरको भेलुखेल टोलका करिब पचास घरपरिवारले एकै ठाउँमा बिस्कुन सुकाउँछन् । खेतका गह्रालाई आलीले
छुट्टाएजस्तै स्थानीयवासीले खाली ठाउँ छोडेर बिस्कुन सुकाएको दृष्य यतिबेला देख्न सकिन्छ । यहाँका खाली चोक तथा आँगन धानले भरिएको देख्न सकिन्छ । सडक किनारमा सुकाइरहेको धान नियालेर यहाँ घुम्न आउने पर्यटकसमेत रमाएको देख्न
सकिन्छ ।

धानको धुलोको बेवास्ता गर्दे पर्यटकहरु किसानको जीवनशैलीमा रमाएका छन् । स्थानीयहरु मिलेर धान सुकाउने र उठाउने गर्छन् । भेलुखेलमा मात्र होइन भक्तपुरका खाली ठाउँमा अचेल यसैगरी धान सुकाएको देखिन्छ । चरा,
कुखुराबाट जोगाउन उनीहरु धान सुकाएको स्थानमा कुरेर बस्छन् । धान सुकाउन आएकी स्थानीय रामलक्ष्मी तिमानायले समयमै मल नआउँदा यस वर्ष विगतको तुलनामा धान कम फलेको बताइन्। उनले अन्त धान सुकाउन घाम कम लाग्ने
भएकाले किराबाट धान जोगाउन धान सुकाउनु परेको बताइन्।

त्यस्तै, अर्का स्थानीय हरिप्रसाद महोलाले सबै मिलेर धान सुकाउने गरेको जानकारी दिए । उनले समयमा नै बीउ र मल आइनपुग्दा विगतको तुलनामा यसवर्ष धान धेरै फल्न
नसकेको गुनासो गरे ।

पहिला धान चोरी हुने डरले मानिसहरु धान सुकाएकै स्थानमा सुत्थे । अहिले भने
सुकाएकै ठाउँमा धानलाई त्रिपालले छोपेर छोड्छन् र ढुक्कले घरमा सुत्छन् । राम्रोसँग नसुकाइ भण्डारण गर्दा धानमा किरा लाग्ने, बिग्रिने गर्दछ । त्यसैले धानलाई राम्रोसँग सुकाउन उनीहरुले खुला ठाउँलाई उपयोग गरेका हुन् ।

फोटोफिचर :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?