मालपोत कार्यालय दोलखामा मेगा बैंकको एक्सटेन्सन काउन्टर विस्तार

लोकपथ
13
Shares

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दोलखाको चरिकोटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले शुक्रवार एक समारोहकाबीच भीमेश्वर नगरपालिका वडा नम्बर ३ स्थित जिल्ला मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर उद्घाटन गरेका हुन् ।

जिल्ला मालपोत कार्यालयका प्रमुख धनकुमार तामाङले मेगा बैंकको एक्सटेन्सन कार्यालय विस्तार भएपछि सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्न मद्दत मिल्ने बताए । कार्यक्रममा कोष तथा लेखा नियन्त्रकको कार्यालय, दोलखाका प्रमुख मुरारी निरौला र मेगा बैंक चरिकोटका प्रबन्धक कपिलप्रसाद भण्डारीको पनि उपस्थिति थियो ।

एक्सटेन्सन काउन्टर विस्तार गरेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले यसअघि पनि बिभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टरहरु विस्तार गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?