वीपी कोइराला मेरा पनि नेता हुनुहुन्छ : मन्त्री मेटमणी चौधरी

लोकपथ
28
Shares

दाङ । सत्ता गठबन्धनका उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले वीपी कोइराला आफ्नो पनि नेता भएको धारणा राखेका छन् । घोराही–२, पलासेमा बिहीबार आयोजित बाम लोकतान्त्रिक गठबन्धन दलका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, ‘मैले विकासका काममा यो दल त्यो दल भन्ने गरेको छैन ।

सांसद हुने बित्तिकै संसद विकास कोषको रकमबाट पहिलो वर्ष नै विपी स्मृति भवनका लागि १५ लाख र त्यसपछि क्रमशः थप्दै ८० लाख हालेँ । फेरि फिनिसिङ गर्नका लागि रु १ करोड थप रकम उपलब्ध गराउँदै छु । किनकि विपी कोइराला मेरा पनि नेता हुनुहुन्छ ।

मैले त्यतिबेला कांग्रेससँग गठबन्धन हुने कल्पना गरेर बजेट दिएको त थिएन । र यसपाली जनमोर्चाका साथीहरुले भवन बनाइदिन अनुरोध गर्नुभएको छ । उहाँहरुको लागि पनि भवन बनाइने छ ।’ ‘सांसद विकास कोषको पैसा बाँड्दा समेत सबै दलका नेताहरुलाई बोलाएरै बाँडफाँड गरेको थिएँ ।

विकास सबैको साझा चाहना भएकोले सबैलाई मिलाएर हिँड्न जरुरी छ । जनतालाई विभाजन गरेर कसैको हित पनि हुदैन ।’ मन्त्री चौधरीको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?