कुन व्यक्ति कहाँ जन्मियो भन्नुभन्दा पनि काम गर्नेे कुरा ठूलो हो : मन्त्री पौडेल

लोकपथ
26
Shares

बागलुङ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले परमादेशबाट नेकपा एमाले जन्मिएको आरोप लगाएका छन् । ताराखोलामा ५ दलीय गठबन्धनको चुनावी कार्यालयको उद्घाटन गर्दै उनले अदालतले जन्माएको पार्टी नेकपा एमाले भएको आरोप लगाए ।

“दुई पार्टी एकतापछि नेपाल कम्युनिष्ट पार्टी बहुमतको थियो, केपीले सेटिङमा अदालतले पुरानै अवस्थामा फर्कायौं”, उनले भने, “एमाले हो कि ? सरकार हो परमादेशको ?”

बागलुङका दुरदराजका जनताको पीर मर्का बुझेको बताउँदै जीवनभर जनताकै पक्षमा काम गर्ने विश्वास व्यक्त गरे । मध्यपहाडी लोकमार्ग हुँदै काठेखोला नरेठाँटी सुरुङमार्गको काम अघि बढेको बताउँदै उत्तरगंगा जलाशयुक्त परियोजनाको काम पनि अघि बढ्ने विश्वास व्यक्त गरे ।

उनले ताराखोला गाउँपालिकामा प्रत्येक स्थानीयहरुको घरमा केन्द्रीय प्रशारण लाइन जडान हुने बताउँदै केही समयपछि पर्यटकीय क्षेत्र ताराखोला हुने बताए । उनले पोखराबाट सिधैं ताराखोलामा पर्यटक आउने बताउँदै होम स्टे, शहीद मार्गलगायतका काम चाडै हुने बताए ।

विकासमा कुन व्यक्ति कहाँ जन्मियो भन्ने विषयले फरक नपार्ने बताउँदै सबै कुरा कामले जवाफ दिने बताए । बागलुङ प्रदेश सभा सदस्य “क”का उम्मेदवार जीतबहादुर शेरचनले भ्रष्टाचारले देश कंगाल बन्दै गएको बताउँदै गठबन्धनको सरकारले भ्रष्ट्राचार न्यूनिकरणमा काम गर्ने बताए । मानव विकास सुचाङक वृद्धिले मात्रै देशको विकाश हुने बताए ।

आय आर्जन गर्न नसक्ने कृषि कर्मले जनताको जीवनस्तर माथि नउठ्ने भन्दै आफूहरुले योजनाबद्धरुपले काम गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?